पर्यटनमा कोरोना प्रभावः पर्यटन व्यवसायीलाई सरकारले बचाउन पर्छ – दामोदर ढकाल
काठमाडौं, २३ फागुन । छिमेकी चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोपबाट ८५ भन्दा बढी मुलुक प्रभावित भइसकेका छन् । यसको त्रासले विश्वका बाँकी मुलुकलाई पनि त्रसित बनाएको छ । विश्वका सम्पन्न मुलुकहरु यो भाइरसबाट प्रभावित हुँदा हाम्रो जस्तो सानो र आयातमुखी अर्थतन्त्र प्रभावित नबन्ने कुरै भएन ।
कोरोनाले नेपाली अर्थतन्त्रमा पनि बहुआयामिक असर पारिसकेको छ । यसले पर्यटन, विकास आयोजना, वैदेशिक रोजगार, व्यापारसहित स्वास्थ्य, शिक्षा क्षेत्रमा असर पारिसकेको छ । त्यसले अर्थतन्त्रमा थप संकुचन ल्याउने जानकार बताउँछन् ।
कोरोनाको त्रासले पर्यटन क्षेत्रमा पारेको प्रभाव र व्यवसायीको संरक्षणका लागि सरकारले चाल्नु पर्ने कदमबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का सचिव दामोदर ढकालको विचार यहाँ प्रस्तुत गरेका छौं ।