Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल बाल संगठनलाई इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ५० हजार सहयोग

नेपाल बाल संगठनलाई इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ५० हजार सहयोग

काठमाडौं, २३ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रथम वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल संगठनलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकमको चेक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले बाल संगठनका महासचिव गणेश भक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

हाल बैैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् चुक्तापूँजी २० अर्ब पुग्नेछ । बैंकले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x