Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन क्षेत्रलाई समस्याग्रस्त घोषणा गरी राहतको प्याकेज ल्याउँन व्यवसायीको माग

पर्यटन क्षेत्रलाई समस्याग्रस्त घोषणा गरी राहतको प्याकेज ल्याउँन व्यवसायीको माग

काठमाडौं, २३ कोरोना भाइरसका कारण पर्यटन व्यावसायमा पर्न गएको असर बारे पर्यटन ब्यावसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

होटल एसोशियसन अफ नेपाल, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्स, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यावसायी संघलगायत पर्यटकीय संघ संस्थाका पदाधिकारीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीहरुका अनुसार उक्त भाइरसको त्रासका कारण पर्यटन आगमन ८० प्रतिशत रद्ध भएको छ । त्यसले पर्यटन क्षेत्रमा परेको प्रतिकुल असर र भविष्यमा आउने समस्या प्रति सजग हुदैँ पर्यटन व्यावसायलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेजको व्यवस्था गर्नु माग गरेका छन् ।

त्यसैगरी नेपाल वायुसेवा संचालक संघले वायुसेवा प्रदायकहरुले बैंकलाई तिर्नु पर्ने व्याजदर नेपाल राष्ट्र बैंकमार्फत रिफाइनान्सको व्यवस्था गर्न माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x