Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कोरोनाको प्रभावले नेपालको जीडीपीमा १.११ प्रतिशतसम्म क्षति हुनसक्ने प्रक्षेपण

कोरोनाको प्रभावले नेपालको जीडीपीमा १.११ प्रतिशतसम्म क्षति हुनसक्ने प्रक्षेपण

काठमाडौं, २३ फागुन । एसियाली विकास बैंक(एडीबी) ले कोरोना भाइरसको प्रभावले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने अनुमान गरेको छ ।
प्रारम्भिक आंकडा अनुसार विश्वमा कूल गार्हस्थ उत्पादन (जीडीपी) को १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने छ ।

त्यसमध्ये नेपालले जीडीपीको ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ।

कोरोनाको प्रभाव अझ बढ्र्दा विश्वभरमा ठूलो आर्थिक क्षति हुने छ । कोरोनाको प्रभाव अझ बढे नेपालको जीडीपीमा १.११ प्रतिशतसम्मको क्षति हुने प्रक्षेपण छ । अर्थात ३ सय २१.७ मिलियन डलरसम्मको नोक्सानी नेपाली अर्थतन्त्रले व्यहोर्ने छ ।

त्यस्तै, एडीबीले चीनबाट सुरु भएको यो भाइरसको असर एसियाका विकासशील अर्थतन्त्र भएका देशहरूमा उल्लेख्य पर्ने आँकलन पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x