Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

कोरोना सन्त्रास:नेपालको ट्याक्सी व्यावसायमा पनि धक्का

कोरोना सन्त्रास:नेपालको ट्याक्सी व्यावसायमा पनि धक्का

काठमाडौं, २७ फागुन । कोरोना भाईरसको सन्त्रासका कारण नेपालको पर्यटन व्यवसायमा ठुलो धक्का पुगेको छ । काठमाडौं उपत्यकामा बाह्य पर्यटकहरुको आगमन दर घट्दा ट्याक्सी व्यावसायीलाई पनि ठूलो धक्का लागेको छ । नेपालमा बाह्य पर्यटकको आगमनमा कमी आएपछी ट्याक्सी चढ्नेको संख्यामा ५५ प्रतिशतले कमी भएको उपत्यका ट्याक्सी व्यावसायी समिनिका अध्यक्ष सानु पुर्वछाने मगरले बताए ।

उनकाअनुसार अहिले ट्यक्सी चालकहरुले दिनभर घाम तापेर बस्नुपरेको अवस्था सृजना भएको छ । कोरोनाले देशकै अर्थतन्त्रमा धक्का पुर्याएको बेला ट्याक्सी व्यावसायीहरुको आर्थिक स्थीतिमा पनि मन्दी ल्याएको उनको भनाई छ ।

त्यसैगरी पर्यटकीय नगरी भनेर चिनिने पोखरामा पनि ट्याक्सी व्यवसायमा कोरोनाको प्रभाव परेको छ । कोरोनाको त्रासले नेपालका सबै खालका व्यावसायीहरुलाई धरासायी पारेको पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष प्रकाशमणी तिवारीले बताए । पछिल्लो समय सरकारले अत्यवश्यक बाहेक अन्यलाई घर छोडेर नहिड्न आग्रह गरेपछि पोखरामा आन्तरिक पर्यटक पनि नदेखिएको उनले अर्थको अर्थलाई जानाकारी दिए ।

उनले भने–‘एक त शहरको बढ्दो मंहगी त्यसैमाथी ट्याक्सी चढ्ने मानिस नहुँदा ट्याक्सी चालक र ट्याक्सी व्यावसायी दुबैलाई निकै समस्या भएको छ । १ महिनासम्म यस्तै भयो भने केहि व्यावसायीहरु पोखराबाट बिलय हुनुपर्ने अवस्था सृजना हुन सक्छ ।’

उनकाअनुसार केही ट्याक्सीहरु थन्क्याएर राख्नुपर्ने स्थीति आएको छ । पोखरामा हाल बाह्य पर्यटकहरु ८० प्रतिशतले कम भएका छन् भने आन्तरिक पर्यटक पनि ५० प्रतिशतले घटेका छन् ।

चीन, फ्रान्स, अमेरीका, इटली, भारत लगायत मुलुकहरु उक्त भाइरसबाट प्रभावित भएपछि विश्वमै सन्त्रास फैलिएको छ । विभिन्न देशमा भाइरस फैलेसँगै नेपालको पर्यटन व्यवसाय अहिले धरासाहि बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले उक्त भाइरसबाट बच्नका लागि संयमता अपनाउन भनेको छ । जसको असर अन्य देश लगायत नेपालमा पनि परेको हो । नेपालमा अन्य देशबाट पर्यटकहरुको आगमनमा कमी आएपछी नेपालको सम्पूर्ण व्यावसायमा मन्दी छाएको छ । त्यसको असर ट्याक्सी व्यावसायमा पनि देखिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x