Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

नेप्सेमा तेस्रो पटक सर्किट ब्रेक, शेयर कारोबार बन्द

नेप्सेमा तेस्रो पटक सर्किट ब्रेक, शेयर कारोबार बन्द

काठमाडौं, २७ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार (आज)का लागि कारोबार रोक्का गरेको छ । कारोबार सरु भएको दोस्रो घण्टामा नै ६ प्रतिशत घटेपछि नेप्सेले सेयर कारोबार बन्द गरेको हो । आज नेप्सेमा ३ पटक नकारात्मक सर्किट ब्रेक लागेको थियो । पहिलोपटक ४ प्रतिशत, दोश्रो पटक ५ प्रतिशत र तेश्रो पटक ६ प्रतिशतको नकारात्मक सर्किट नेप्सेले सामना गर्नु परेको हो ।

त्यस्तै आज नेप्से परिसूचक ८६.३१ अंक घटेर १३४९.३१ विन्दुमा रोकिएको छ ।
१२ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर मूल्य १० प्रतिशत घटेको छ भने बाँकी १० कम्पनीको प्रतिसेयर मूल्य ९ प्रतिशत भन्दा बढी घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x