Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सुनको मूल्य झन बढ्यो, आज प्रतितोला ८२ हजार ७ सयमा कारोबार

सुनको मूल्य झन बढ्यो, आज प्रतितोला ८२ हजार ७ सयमा कारोबार

काठमाडौं, २७ फागुन । स्थानीय बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड राखेको छ । गत आइतबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा खरिद विक्री भएको सुन आज २ सय रुपैयाँ बढेर प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा खरिद विक्री भईरहेको नेपला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्म कै उच्च मुल्य हो ।

त्यस्तै गत हप्ताको सोमबारको तुलनामा यो मूल्य ४ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । सो दिन सुन प्रतितोला ७८ हजार रुपैयाँमा खरिद विक्री भएको थियो ।

त्यसैगरी आज चाँदिको मूल्यभने घटेको छ । गत आइतबार ८ सय ९० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला ८ सय ८० रुपैयाँमा खरिर विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x