Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

को होला अर्थमन्त्रीले खोजेका पीएचडी गरेका भावी गभर्नर !

को होला अर्थमन्त्रीले खोजेका  पीएचडी गरेका भावी गभर्नर !

काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकका बहालवाला गभर्नर डा. चिरञ्जीवि नेपाल ५ वर्षे कार्यकाल पूरा गरि आगामी चैत ५ गते देखि बिदा हुदैछन् । उनी बिदा हुने मिति नजिकिँदै गर्दा भावी गभर्नरका आकांक्षीहरु बीच दौड सुरु भएको छ।

त्यो दौडमा पूर्व अर्थसचिव देखि राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक सहित राष्ट्र बैंककै पूर्व कर्मचारीहरु सहभागी छन् ।

नयाँ गभर्नर नियुक्त गर्न अव एक साता मात्र बाँकी छ । तर गभर्नर को बन्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । चैत ५ भित्रै टुंगो लागिसक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । तर प्रधानमन्त्रीको अस्वस्थताका कारण मन्त्रीपरिषद् बैठक बस्न नसक्दा सिफारिस समिति बन्न सकेको छैन ।

जसले गर्दा आकांक्षीहरुले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेपनि अझैसम्म सार्वजनिक बृत्तमा भावी गभर्नरबारे त्यती चर्चा भएको पाइदैन ।

मन्त्रीपरिषद् बैठकले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यिय नयाँ गभर्नर सिफारिस समिति गठन गर्नुपर्ने छ ।

समितिले गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, तथा वाणिज्य क्षेत्रको प्रतिष्ठित ब्यक्तिबाट दुईजना र राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट एक जना गरि कुल ३ जनाको नाम सिफारिस गर्नेछ । सोही ३ जनाको नामबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।

तर अर्थमन्त्री खतिवडाले भने ठट्यौली शैलीमा राष्ट्र बैंकको गभर्नर डाक्टर (पीएचडी) उपाधि हाँसिल गरेकै व्यक्तिलाई बनाउने बताउदै आएका छन् । गतसाता एक भेटघाटका क्रममा पनि ठट्यौलीशैलीमा उनले भने ‘भावी गभर्नरको जिम्मेवारी पीएचडी उपाधि हाँसिल गरेकै व्यक्तिलाई दिने हो ।’

यी हुन भावी गभर्नरका आकांक्षीहरु

१) चिन्तामणि सिवाकोटी – डेपुटी गभर्नर
२) शिवराज श्रेष्ठ – डेपुटी गभर्नर
३) महाप्रसाद अधिकारी – प्रमुख कार्यकारी निर्देशक, लगानी बोर्ड नेपाल
४) डा. सुबोध कर्ण – राष्ट्र बैंक सञ्चालक सदस्य
५) डा. राजन खनाल – पूर्वअर्थसचिव
६) डा. मीनबहादुर श्रेष्ठ – पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x