Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुधारको बाटोमा नेप्से, ७३.७८ अंकको वृद्धि

सुधारको बाटोमा नेप्से, ७३.७८ अंकको वृद्धि

काठमाडौं, २८ फागुन । बुधबार (आज) नेप्से परिसूचक ५.४७ प्रतिशतले वृद्धि भएको छ । मंगलबार तेस्रो पटकसम्म नकारात्मक सर्किट ब्रेक लागि ६ प्रतिशत घटेर बन्द भएको नेप्से परिसूचक आज भने उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ७३.७८ अंकले वृद्धि भएर १४२३.०९ विन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.९४ अंकले वृद्धि भएको छ । १ सय ८० कम्पनीको ५६ लाख २६ हजार ८ सय १२ कित्ता सेयर २ अर्ब २२ करोड १० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सर्वाधिक सेयर कारोबार लाईफ इन्स्योरेन्सको
आज सर्वाधिक सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीले २३ करोड ६६ लाखभन्दा बढीको सेयर कारोबार गरेको हो । त्यसैगरी एनआईसी एशिया बैंकको १४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने एनएमबि बैंकको १२ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको सेयर मूल्यमा सर्किट
आज १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सर्वाधिक सेयर मूल्य वृद्धि भएर सकारात्मक सर्किट ब्रेक लागेको हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशन, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको प्रतिसेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बाँकी ६ कम्पनीको सेयरमूल्य ९.५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

त्यसैगरी आज कारोबारमा आएका १२ समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बृद्धि भएको छ । म्युचुअल फण्ड समूहको ०.७५ प्रतिशतले परिसूचकमा कमी आएको हो । सर्वाधिक परिसूचक वृद्धि हुनेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूहको ७.५८ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x