अकामा होटलमा एनआइसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशत छुट

काठमाडौं, २ चैत । एनआइसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवामा २० प्रतिशत छुट पाउने भएका छन् ।सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र होटलका तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् ।

बैंकका कर्मचारीहरूलाई पनि सम्झौता अनुसारको छुट उपलब्ध हुनेछ । सर्तहरु एक वर्षको लागि लागू हुने जनाइएको छ ।

योसँगै बैंकका ग्राहकले देशभरका २४ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *