छोटी भन्सार कार्यालय दार्चुलाले ८ महिना झन्डै १८ लाख राजस्व संकलन
दार्चला,२ चैत । छोटी भन्सार कार्यालय दार्चुलाले चालु आर्थिक वर्ष २०७६–०७७ को ८ महिनाको अवधिमा १७ लाख ९३ हजार ५ सय ३८ रुपैँया राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले साउन महिनामा १ लाख ९२ हजार ४ सय ३६ रुपैँया भदौ महिनामा १ लाख ४२ हजार ९ सय ९९ रुपैँया असोज महिनामा १ लाख ३१ हजार ५ सय ११ रुपैँया कार्तिक महिनामा ६५ हजार ४ सय ३ रुपैया मंसिर महिनामा १ लाख ७७ हजार २ सय २३ रुपैँया राजस्व संङ्कलन गरेको छ । त्यस्तै पौष महिनामा २ लाख ४८ हजार ४१ रुपैँया, माघ महिनामा ४ लाख १६ हजार ७ सय ४१ रुपैया र फागुन महिनामा ४ लाख २८ हजार १ सय ८४ रुपैँया राजस्व संङ्कलन गरेको कार्यालय दार्चुलाका प्रमुख मोहन सिह डोबालले जानकारी दिए ।
मुख्य भन्सार कार्यालय झुलाघाट अन्तरगत रहेको दार्चुला छोटी भन्सार कार्यालय हुँदै भारतबाट निर्माण सामाग्री चिनी, मिश्री, मैदा, टायल, जुत्ता, चप्पल लगायतका बस्तुहरुबाट आयात हुने गर्छ ।