Date

शनि, साउन ३, २०८२
Sat, July 19, 2025

दिव्य लघुवित्तले बोलायो चैत १७ गते विशेष साधारणसभा

दिव्य लघुवित्तले बोलायो चैत १७ गते विशेष साधारणसभा

काठमाडौं, ३ चैत । दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा चैत १७ गते हुने भएको छ । उक्त सभा काठमाडौंमाको डिल्लीबजारस्थित अमृतभोगमा दिउँसो ३ बजे बस्नेछ । विशेष साधारणसभा गर्ने निर्णय कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाको प्रस्तावमा दिव्य लघुवित्त, एनआरएन लघुवित्त र किसान लघुवित्त एक–आपसमा गाभ्ने–गाभिने सम्बन्धमा प्रस्ताव पारित गर्ने, शेयर आदान– प्रदान अनुपात प्रतिशेयर १०० रुपैयाँ का दरले सबै कम्पनीको शेयर समान हुनेगरी प्रतिशेयर १०० रुपैयाँ कायम गर्ने, तीन ओटै कम्पनी एक–आपसमा गाभिने सम्बन्धी सम्पन्न समझदारीपत्र र सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तथा उक्त सम्बन्धमा गठित मर्जर कमिटी, संयुक्त मर्जर कमिटी र सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने आदि छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *