Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महालक्ष्मी बैंकद्वारा प्रहरी अपराध महाशाखा टेकुमा सूचना बोर्ड जडान

महालक्ष्मी बैंकद्वारा प्रहरी अपराध महाशाखा टेकुमा सूचना बोर्ड जडान

काठमाडौं, ३ चैत । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फोर एलईडी सूचना बोर्ड जडान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत उक्त बोर्ड जडान गरेको हो ।

उक्त उपकरण एक कार्यव्रmमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक श्री सहकुल थापालाई हस्तान्तरण गरे । महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य बैंकले उक्त उपकरण जडान गरेको जनाइएको छ ।

बैंकले हाल देशका १ सय २ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x