Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनकपुर–पटना बस सञ्चालन रोकियो

जनकपुर–पटना बस सञ्चालन रोकियो

काठमाडौं, ३ चैत । विश्वव्यापीर रुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य संक्रमण हुन नदिन प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने सवारीसाधन सञ्चालन सोमवारदेखि बन्द गरिएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा सोमवारदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

२ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x