Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कोरोनालाई कारण देखाउदै फलफुलको मूल्य मनलाग्दी निर्धारण,अनुगमन बढाउन उपभोक्ताको आग्रह

कोरोनालाई कारण देखाउदै फलफुलको मूल्य मनलाग्दी निर्धारण,अनुगमन बढाउन उपभोक्ताको आग्रह

काठमाडौं, ३ चैत । काठमाडौं उपत्यकामा फलफुलको मूल्य बृद्धि भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न मुलुकले निर्यातमा कडाई गरेका छन् । त्यसले गर्दा आयात कम हुन गई मूल्य बढेको व्यापारी बताउछन् ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज एकै दिनमा कालो अंगुरको मुल्यमा ३५ रुपैयाँले वृद्धि भएर प्रतिकिलो २ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै अनारको मुल्य प्रतिकिलो २० रुपैयाँले वृद्धि भइ १ सय ६५ रुपैयाँ पुगेको छ । हरियो अंगुर पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि भएर १ सय ६५ रुपैयाँ पुगेको छ । चिनियाँ नासपाती प्रतिकिलो १० रुपैयाँले वृद्धि भएको छ ।

भारतीय मेवाको मुल्य भने हिजोको तुलनामा प्रतिकिलो ३० रुपैयाँले घटेको छ ।

तर उपत्यकाका विभिन्न फलफुल पसलमा छुट्टाछुट्दै मूल्य छ । कमलपोखरीको एक फलफुल पसलमा कालो अंगुर प्रतिकिलो ३ सय रुपैयाँ, हरियो अंगुर १ सय ८० रुपैयाँ छ। कालिमाटी तरकारी बजारमा २ सय ४५ रुपैयाँ निर्धारण गरिएको झोले स्याउ कमपोखरी स्थित एक फलफुल पसलमा प्रतिकिलो ३ सय २५ रुपैयाँका दरले बिक्री भइरहेको छ । त्यस्तै केरा प्रतिदर्जन १ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ ।

राजधानीको एक पसलमा फलफुल छान्दै एक उपभोक्ता

कमलपोखरीकै अर्को पसलमा झोले स्याउ प्रतिकिलो ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको पाइयो ।

त्यस्तै गोगंबुको एक फलफुल पसलमा केरा प्रतिदर्जन १ सय ४० रुपैयाँ, झोले स्याउ प्रतिकिलो ३ सय ५० रुपैयाँ, कालो अंगुर प्रतिकिलो ३ सय र हरियो अंगुर प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ । फलफुलको यो सिजनमा पनि यसरी पसलैपिच्छे फरक मुल्यमा व्यापार हुँदा मर्कामा परेको उपभोक्ताको गुनासो छ। सरकारले खाद्यन्न र ग्यासको डिपो मात्र नभई फलफुल पसलहरुमा पनि अनुगमन बढाउन उनीहरुले माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x