Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तीब्र उतार चढावका बीच नेप्से परिसूचक झिनो अंकले बढ्यो

तीब्र उतार चढावका बीच नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं, ३ चैत । सोमबार (आज) तीब्र उतार चढावका बीच नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । १३१३ विन्दुबाट कारोबार सुरु भएको नेप्से केही समयमै घटेर १२९३ को विन्दुमा झरेको थियो । त्यसपछि पुन: उकालो लागेको नेप्से १३३३.९६ विन्दुमा पुगेको थियो । उतार चढावमा रहेको परिसूचक अन्तमा ३.३५ अंकले बढेर १३१६.३९ को विन्दुमा चढेको छ।

आज कारोबारमा आएका मध्ये होटल र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेपनि बाँकी अरु सबै समूहको उपसूचक बढेको छ ।

सेयर कारोबारमा पनि खासै उत्साह देखिएन । ५ घण्टामा १८० कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । हिजो २ अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो ।

सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । इन्स्योरेन्सको १५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कमाउनेमा भने सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । लघुवित्तको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । त्यस्तै धेरै गुमाउनेमा युनिलिभर नेपाल रहेको छ । कम्पनीको सेयर मूल्यमा ५.८७ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x