Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

माथिल्लो तामाकोशीको बाँध क्षेत्रको प्राविधिक परीक्षण शुरू

माथिल्लो तामाकोशीको बाँध क्षेत्रको प्राविधिक परीक्षण शुरू

काठमाडौं, ४ चैत । राष्ट्रिय गौरवको बहु्प्रतीक्षित आयोजना माथिल्लो तामाकोशी जलविद्युत्को मुख्य हेडवर्क्स (बाँध क्षेत्र लगायत संरचना)को प्राविधिक परीक्षण शुरू गरिएको छ । ४५६ मेवागाट क्षमताको यो आयोजनाको हेडवक्र्स परीक्षणको काम सोमवारदेखि थालिएको हो ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमवार साढे ९ बजेदेखि जलाशयमा पानी जम्मा गर्न थालिएको हो । बाँध क्षेत्रको प्राविधिक परीक्षण यही चैत २२ गतेसम्म गरिने बताइएको छ। आयोजनाको बाँधक्षेत्र परीक्षण अन्तर्गत इन्टेक, बालुवा थिग्य्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडवर्क्स संरचनाको प्राविधिक परीक्षण गरिने आयोजनाले बताएको छ।

हेडवर्क्स परीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडेर बाँकी पानी ड्याममा जम्मा गर्न शुरू गरिएको आयोजाले बताएको छ । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो छ । हेडवर्क्सका संरचनाको परीक्षण चैत २२ गतेसम्म हुने प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।
अहिलेकै अनुसार काम अघि बढेमा वैशाख मसान्तभित्र दुवै भर्टिकल साफ्टमा पेनस्टकको काम सम्पन्न हुने आयोजनाले बताएको छ ।

आयोजनाको सबै संरचनाको प्राविधिक परीक्षण सकेर असार मसान्तसम्ममा पावर हाउसमा रहेका ६ ओटा युनिट मध्ये १ युनिटबाट ७६ मेगावाट विद्यत्को परीक्षण उत्पादन गरिने आयोजनाले बताएको छ । आयोजनाको पावरहाउस तथा प्रसारण लाइनको काम करीब सम्पन्न भइसकेको छ ।

आयोजना निर्माणका लागि हालसम्म करीब ४८ अर्ब रुपैयाँ खर्च भइसकेको बताइएको छ । आयोजना समाप्त हुँदासम्म यसको लागत ७२ अर्ब रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि २०७२ को विनाशकारी भूकम्पका कारण केही समय काम रोकिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x