Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

घट्यो सुनको भाउ, आज ७५ हजार ५ सय रुपैयाँ

घट्यो सुनको भाउ, आज ७५ हजार ५ सय रुपैयाँ

काठमाडौं, ४ चैत । मंगलवार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । हिजो सोमवार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा आइपुगेको हो ।

त्यस्तै तेजावी सुन आज ७५ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।
कोरोना भाइरसका कारणले विश्व अर्थतन्त्रमै मन्दी छाएकाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सुन बेचेर खर्च चलाउने गरेको तथा ठूला बैंक तथा ग्राहकहरू अहिले सुन बेच्नमा व्यस्त भएकाले यसको मूल्य ओरालो लागेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

सुनको मूल्य अझै पनि घट्ने संकेत देखिएको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x