Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोना भाइसरको त्रासले दाङका १३ सय होटल बन्द

कोरोना भाइसरको त्रासले दाङका  १३ सय होटल बन्द

दाङ, ५ चैत । कोरोना भाइरसको प्रभावले दाङका १३ सय होटल बन्द भएका छन् । होटलहरु बन्द हुँदा दैनिक १ करोड ३५ लाख रुपैयाँ घाँटा बेहोर्नु परेको व्यवसायीले बताएका छन् । जिल्लाका घोराही, तुलसीपुर र लमहीमा रहेका सम्पूर्ण होटल बन्द भएको होटल व्यवसायी संघ दाङले बताएको छ । कोरोनाका त्रासले आन्तरिक तथा बाह्य पर्यटक आगमन घटेपछि होटलहरु बन्द भएको होटल व्यवसायी संघ, दाङका अध्यक्ष रुद«बहादुर डाँगीले बताए । पहिले भारत तथा अन्य मुलकबाट दैनिक एक सय पर्यटक जिल्ला भित्रिने गरे पनि पछिल्लो समय कोरोनाको त्रासले आउन छोडेको उनको भनाइ छ ।
यस्तै सरकारले सरकारी तथा गैरसरकारी संघ संस्थालाई ठूलो कार्यक्रम नगर्न अनुरोध गरेपछि यसको असर होटल व्यवसायमा देखिएको व्यवसायीले बताएका छन् । अहिले जिल्लाभर झण्डै ५ हजार कामदार कार्यरत छन् । तर व्यवसाय खस्किएपछि उनीहरुलाई तलब खुवाउनै मुश्किल भएको व्यवसायीको गुनासो छ । होटलहरु बन्द हुँदा किसानले उत्पादन गरेका तरकारी लगायत उपभोग्य वस्तुको विक्री समेत हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x