Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

७ महिनामा ७ खर्ब ३८ अर्बको व्यापार घाटा

७ महिनामा ७ खर्ब ३८ अर्बको व्यापार घाटा

काठमाडौं, ५ चैत । चालु आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भएको छ । नेपा राष्ट्र बैंकको तथ्यांक अनु्सार सात महिनामा ६४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १२.५ प्रतिशतले बढेको थियो ।

भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ ।

त्यस्तै सो अवधिमा कुल वस्तु आयात भने ३.६ प्रतिशतले घटेको छ । ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको बस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६.० प्रतिशतले बढेको थियो । मुलुकका आधारमा भारतबाट भएको आयात ८.० प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ ।

७ महिनामा कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले संकुचन भई ७ खर्ब ३८ अर्ब ६३ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

रेमिट्यान्स

सो अवधिमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार ७ महिनामा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आय भएको छ । अघिल्लो वर्षको
सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ ।

तर समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति
मुलुकको चालु खाता घाटा १खर्ब १२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x