Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

बैंकमा हुने भिडभाड कम गर्न बैंकर्स संघले डिजिट कारोबारलाई निःशुल्क बनाउने

बैंकमा हुने भिडभाड कम गर्न बैंकर्स संघले डिजिट कारोबारलाई निःशुल्क  बनाउने

काठमाडौं, ६ चैत । नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थामा हुने भिडभाडलाई कम गर्न डिजिटल माध्यमबाट हुने कारोबार निःशुल्क बनाउने भएको छ । कोरोनाको संक्रमणबाट बच्न सरकारले हिजो मात्र २५ जना भन्दा बढी भेला हुन प्रतिवन्ध लगाएपछि संघले यस्तो योजना बनाएको हो ।

त्यसका लागि आज संघको डिजिल मिटिङ बस्दैछ । उक्त मिटिङले आगामी एक महिनासम्म एटिएमबाट पैसा निकाल्दा, इन्टरनेट र क्युआर कोर्डबाट भुक्तानी गर्दा कुनै पनि शुल्क नलिने निर्णय गर्ने अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

बैंकमा हुने भिडभाड कम गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत छुट दिन लागिएको हो । कोरोनाको त्रास थप बढ्दै गए छुटको समयावधि बढाउने अध्यक्ष दाहालले जानकारी दिए । यसका लागि डेभलपमेन्ट बैंकर्स एसोसिएसनसँग पनि सहकार्य भइरहेको उनले बताए ।

यसले डिजिटल कारोबारलाई समेत बढावा दिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *