Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लगानीकर्ताहरू डलरमा आकर्षित हुँदा सुनको मूल्यमा ह्रास

लगानीकर्ताहरू डलरमा आकर्षित हुँदा सुनको मूल्यमा ह्रास

काठमाडौं, ६ चैत । बिहीबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेर ७५ हजार रुपैयाँ कायम भएको छ । हिजो तोलाको ७६ हजार ५ सय रुपैयाँ थियो ।

पछिल्लो एक सातामा सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेको छ । गत महिनाको २९ गते सुन तोलाको ८१ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता क्रमशः मूल्य घटिरहेको छ ।

कोरोना भाइरसको त्रासकै कारण बढ्न गएको सुनको मूल्य कोरोना संकट गहिरिँदै जाँदा पुनः घट्न थालेको व्यवसायी मणिरत्न शाक्यले जानकारी दिए ।

कोरोनाले विश्व अर्थतन्त्र संकट उन्मुख छ । अर्थतन्त्रमा छाएको मन्दीले शेयर बजार ओरालो लागेको छ भने अन्य उद्योग, व्यवसाय पनि संकटमा छन् । त्यसले गर्दा मानिसलाई पैसा नहुँदा आफुसँग भएको सुन बेच्न थालेकाले मूल्यमा अर परेको शाक्यले बताए । ‘सुरुमा कोरोनाको त्रासले मानिस अन्त्र लगानी गर्न छाडेर सुन खरिदमा लागे त्यसले मूल्य बढ्न गयो,’ उनले भने, ‘तर अहिले खर्च गर्ने पैसाको अब हुँदा पुनः सोही सुन बेच्नतिर लाग्दा मूल्य घट्न गयो ।’

अहिले लगानीकर्ताहरु डलरप्रति आकर्षित भएको उनले बताए । शक्तिशाली राष्ट्रहरुबीचको टकराव, प्राकृतिक प्रकोप लगायतका कारण सुनको मूल्यमा तीब्र उतार चढाव हुने गर्छ । जुनसुकै बेला सहजै बेच्न सकिने भएकाले सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिने गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x