Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

इटलीमा कोरोनाबाट एकै दिन ४ सय ७५ जनाको मृत्यु

इटलीमा कोरोनाबाट एकै दिन ४ सय ७५ जनाको मृत्यु

काठमाडौं, ६ चैत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नराम्ररी प्रभावित इटलीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटलीमा एकैदिन कोरोना भाइरसका कारण यति धेरै मानिसको मृत्यु भएको पहिलो घटना हो ।

पछिल्लो समयमा इटलीको अवस्था भयावह देखिएको छ । इटलीमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ भने ३५ हजार ७ सय १३ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा मात्रै इटली ४ हजार २ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

इटालीको लोम्बार्डी क्षेत्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x