Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

त्रासले अनावश्यक सामग्रीको भण्डारण गर्न तिर नलाग्न सरकारको आग्रह

त्रासले अनावश्यक सामग्रीको भण्डारण गर्न तिर नलाग्न सरकारको आग्रह

काठमाडौं, ६ चैत । वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कुनै बस्तुको अभाव नहुने पुनः दोहो¥याएका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको भन्दै अनावश्यक भण्डारण नगर्न सर्वसाधारणहरुलाई आग्रह गरे ।

कोरोना त्रासपछि बजार भाउको मूल्य बृद्धि गरेको पाइएमा कडा कारबाहीको चेतावनी दिए ।

त्यस्तै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोनाको त्रासले आन्तरिक क्रियाकलाप खासै प्रभावित नभएको बताए । पर्यटन क्षेत्र प्रभावित हुनुका साथै ठुला विकास निर्माणमा केही समस्या आए पनि व्यापार, वित्त,उद्योग क्षेत्र स्वभाविकरुपमा अघि बढिरहेको जानकारी दिए ।

उनले उपभोग्य बस्तुको अभाव हुन नदिन सरकार लागिरहेको भन्दै सन्त्रासमा नबस्न र अनावश्यक सामग्रीको भण्डारण नगर्न पनि आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x