Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

रेकर्ड तोड्दै डलर

रेकर्ड तोड्दै डलर

काठमाडौं, ७ फागुन । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ २८ पैसा रहेको छ। नेपालमा डलरको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि सन् २०१८ मा डलरको खरिद दर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको थियो ।

बिहीबार डलरको खरिद दर १ सय १९ रुपैयाँ ११ पैसा रहेको थियो।

नेपालको भारतीय रुपैयाँसँग भएको स्थिर विनिमयले अमेरिकी डलरसँग भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने र भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि अधिमूल्यन हुने गर्छ ।

पछिल्लो समय कोरोनाको संक्रमण विश्वभर फैलिएपछि अमेरिकी डलर बलियो बन्दै गएको छ।

डलर मजबुत हुँदा यसको असर आयातित वस्तुको बजार मूल्यमा पर्ने गर्छ । डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर बढी देखिने गर्छ ।

तर बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्ने छ । यसैगरी पर्यटन, हस्तकला उद्योगलाई पनि यसले फाइदा पुर्याउने छ । तर कोरोनाको त्रासका कारण नेपालमा पर्यटन आगमन प्रायः ठप्प छ भने हस्तकला सामग्रीको उत्पादन र बिक्रीमा पनि मन्दी आएको छ ।

विश्वभरि नै प्रायः आर्थिक क्रियाकलपाहरु ठप्प हुँदा लगानीकर्ताहरु लगानी बढाउने भन्दा पनि डलर संचय गर्न तिर लाग्दा मूल्यमा प्रभाव परेको जानकार बताउछन् । कोरोनाको त्रास गर्दा बढ्दै गए डलरको मूल्य पनि थप बढ्ने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x