Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आजदेखि पाँच ठाउँमा सुपथ मूल्य पसल

आजदेखि पाँच ठाउँमा सुपथ मूल्य पसल

काठमाडौं, ७ चैत । सरकारले आजदेखि काभ्रेको बनेपासहित उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । बनेपा, भक्तपुर (सूर्यविनायक), जडिबुटी (कोटेश्वर), कालीमाटी तथा सतुंगलमा सुपथ मूल्य पसल सञ्चालन गरिन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुपथ मूल्य पसलबाट बजारमा अभाव भएका अत्यावश्यक आवश्यकताका वस्तु बिक्री गरिने बताए । कोरोनाको प्रकोपबाट जोगिन मास्क, स्यानिटाइजरका अतिरिक्त इन्डक्सन चुल्हो तथा अन्य दैनिक आवश्यकताका वस्तु लगायतका समाग्री सुपथ मूल्य पसलबाट बिक्री हुने बताइएको छ ।

सरकारले बजारमा अभाव र कृत्रिम मूल्यवृद्धि नहोस् भन्ने हेतुले यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । आपूर्ति व्यवस्थामा अवरोध हुने हल्लाका कारण उपभोक्तामा सन्त्रास फैलिएको छ । जसका कारण दैनिक उपभोग्य वस्तुको खरिद बढेको छ । सरकारले यसअघि दशैंतिहार जस्ता चाडपर्वमा बजारमा कृत्रिम अभाव र कालाबजारी नहोस् भनेर यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । आपूर्ति व्यवस्थामा संकटका बेलामा पनि यस्ता पसल सान्दर्भिक हुने र उपभोक्ताले सहजै राहत पाउने मन्त्री भट्टले बताए ।

साल्ट ट्रेडिङले सञ्चालन गर्ने यस्ता सुपथ मूल्य पसल आइतबारदेखि घुम्ती सेवामा पनि उपलब्ध हुने साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले आइतबार देखि ललितपुरको जाउलाखेलमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x