Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कोरोनाले व्यावसायिक क्षेत्रमा परेको असरबारे चेम्बरद्वारा सुझाव प्रस्तुत

कोरोनाले व्यावसायिक क्षेत्रमा परेको असरबारे चेम्बरद्वारा सुझाव प्रस्तुत


काठमाडौं, १० चैत । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका विषयमा नेपाल चेम्बर अफ कमर्शले सरकारसामु सुझाव पेश गरेको छ । कोरोनाको असरबारे अध्ययन गरिरहेको भन्दै चेम्बरले यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त आर्थिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ ।
हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्नुपर्ने आयकर तथा मूल्यअभिवृद्धि कर बुझाउने म्यादबारे पुनर्विचार गर्दै अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने चेम्बरले औंल्याएको छ । यस्तै सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने, बैंकहरुले ऋणको भुक्तानीको अवधि रिसेडुयुलिङ गर्ने व्यवस्था मिलाउनुपर्ने, वैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको ब्याजदरमा कम्तीमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्था हुनुपर्ने चेम्बरले बताएको छ । साथै कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायका लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले विशेष आग्रह एवं अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x