सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दानपात्र हस्तान्तरण

काठमाडौं, १० चैत । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित श्री मुक्तिनाथ मन्दिरलाई दानपात्र .(डोनेसन बक्स) प्रदान गरेको छ । उक्त सहयोगले श्री मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख श्री राजीव पौडेलज्यूले गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई हस्तान्त्तरण गरे । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *