कोरोनाविरुद्ध एनआरएनएद्वारा १ करोड रुपैयाँ सहयोग

लण्डन, १० चैत । कोरोना महामारीविरुद्ध लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

यसअघि संघले कोरोना भाइसर पीडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।

बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरिएको छ ।
संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ ।
यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जनभन्दा बढी नियमावलीहरु पारित गरेको संघले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *