शेयर बजार आइतवारसम्म बन्द

काठमाडौं १०, चैत । नेपाल धितोपत्र बोर्डले सोमवारदेखि ५ कारोबार दिनसम्म शेयर कारोबार बन्द गरेको छ। बोर्डले सोमवारदेखि ५ दिनसम्म शेयर कारोबार बन्द गर्ने आइतवार निर्णय गरेको हो। बोर्डका अनुसार अब कारोबार आगामी आइतवारसम्म बन्द रहनेछ । कारोबार हुने ५ दिनमा ११ गते सार्वजनिक बिदा परेको छ। सोही कारण आइतवारसम्म बिदा दिने निर्णय गरिएको हो ।

शेयर बजार नियमित सुचारू गर्ने वा नगर्ने भन्नेबारे भइरहेको विवादकाबीच आइतवार शेयर बजारमा कारोबार भएको थियो । बजार खुल्नुअगाडि बजार नखुलाउन आग्रह गर्दै लगानीकर्ताले नेप्सेको व्यवस्थापनलाई ध्यानाकर्षण गराएको थियो। यद्यपि नेप्सेको सञ्चालक समितिले स्पष्ट निर्देशन नआएको भन्दै बजार खुलाएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *