Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोरोनाविरुद्ध लड्न ढोरपाटन नगरपालिकाले गर्‍यो १२ निर्णय

कोरोनाविरुद्ध लड्न ढोरपाटन नगरपालिकाले गर्‍यो १२ निर्णय

बागलुङ, १० चैत । कोरोना भाइरसको संक्रमण रोक्न बागलुङको ढोरपाटन नगरपालिकाले विभिन्न १२ ओटा निर्णय गरेको छ । नगरपालिकाको सोमवार बसेको बैठकले बुर्तिबाङस्थित बसपार्क तथा नगरपालिकाको चोकमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
यसैगरी विभिन्न स्थानमा चेकजाँचका क्रमममा कोरोनाको आशंका गरिएका व्यक्तिको निगरानी तथा उपचारका लागि बुर्तिबाङको उत्तरगंगा माविमा क्वारेन्टाइन स्थापना गरिने भएको छ । यो भाइरसको संक्रमण हुन नदिन नगरपालिकाका विभिन्न स्थानमा साबुनपानीले हात धुने व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।
कोरोना भाइरसको जोखिम व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न औषधि तथा उपकरण खरिद गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ । यस्तै नगरपालिकाबाट बाहिर जाने यातायातका साधन अत्यावश्यक अवस्थामा बाहेक सञ्चालनमा रोक लगाइने भएको छ । कोरोनाको सचेतनाका लागि विभिन्न सञ्चार तथा प्रसारण माध्यमको प्रयोग गर्ने निर्णय पनि बैठककले गरेको छ । साथै नगर क्षेत्रका मेडिकल तथा क्लिनिकहरुमा अत्यावश्यक औषधिको उपलब्धताको अवस्थाबारे अनुगमन तथा समन्वय गरिने मेयर नेपालीले जानकारी दिए ।
नगरका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको जोखिममलाई मध्यनजर गरी उनीहरुले गरेको कामको विवरण राखेर प्रोत्साहन तथा पुरस्कार दिने व्यवस्था समेत बैठकले गरेको छ । महामारीको बेला कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही तथा बजारको नियमित अनुगमन गरिने निर्णय समेत गरिएको छ । यस्तै कोरोना नियन्त्रणमा आवश्यक परेको खण्डमा पारिश्रमिक दिनेगरी स्वयंसेवकको व्यवस्था समेत गरिने निर्णय भएको मेयर नेपालीले जानकारी दिए ।
साथै कोरोनाको संक्रमण फेलन नदिने हेतुले सोमवारदेखि १० जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाइने भएको छ । अन्यत्रबाट नगरपालिका भित्रिएका व्यक्तिलाई कम्तीमा २ हप्ता घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

यसैबीच, नगरपालिका र ईलाका प्रहरी कार्यालयको सक्रियतामा सोमवार बिहानैबाट बुर्तिबाङ बजार बन्द गरिएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x