Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना उपचार कोषमा सहयोग जुट्न थाल्यो

कोरोना उपचार कोषमा सहयोग जुट्न थाल्यो

काठमाडौं, ११ चैत । मन्त्रिपरिषद्को आइतबारको बैठकले स्थापना गरेको कोरोना उपचार कोषमा सहयोग जुट्न थालेको छ । सरकारले ५० करोड रुपैयाँको उपचार कोष स्थापना गरी त्यसमा प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब योगदान गर्ने निर्णय गरेको थियो ।
उक्त कोषमा सहायता थपिन थालेको छ । कोष निर्माण भएकै दिन बेलुका उद्यमी वसन्त चौधरीले उक्त कोषमा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरे ।
उनले उक्त कोषमा ५० लाख नगद र ५० लाख चिकित्सा उपकरण, परिक्षण किट लगायतका वस्तु प्रदान गर्ने बताएका छन् ।
त्यसैगरी स्वेच्छिक रुपमा कोषमा योगदान गर्नेहरुको संख्या थपिदैं गएको छ । उक्त कोषमा गैर आवासीय नेपाली संघका तर्फबाट एक करोड रुपैयाँ योगदान गरिने गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । कोरोना पीडित राहतका लागि गठित उच्चस्तरीय संयन्त्रका संयोजक एवं एनआरएनए– अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले उक्त घोषणा गरेका हुन् ।
कोषमा सांसद् गगनकुमार थापाले एक महिनाको तलब योगदान गर्ने बताएका छन् । थापाले अन्य सांसद्हरुलाई समेत एक महिनाको तलब योगदान गर्न आह्वान गरेका छन् । उनले सरकारलाई स्रोत जुटाउन सबैले सहयोग गर्नुपर्ने र सरकारले पनि सबै नेपाली जनतालाई उपचारको ग्यारेन्टी गर्नुपर्ने उनले बताएका छन् ।
पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनालले आफ्नो एक महिनाको निवृत्तिभरण (पेन्सन) सुविधा कोषमा योगदान गर्ने घोषणा गरेका छन् । उनले चैत महिनाको पेन्सन ४१,७३१ रुपैयाँ कोषमा योगदान गर्ने र सरकारले यसरी जुटेको सहायता रकम रोजगारी गुमाएका दैनिक ज्यालादारी गर्ने मजदूरको राहतका लागि खर्च गरे आफूलाई सन्तुष्टी मिल्ने उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x