Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आजदेखि एकसाता देशव्यापी ‘लकडाउन’

आजदेखि एकसाता देशव्यापी ‘लकडाउन’

काठमाडौं, ११ चैत । आजबिहान ६ बजेदेखि चैत १८ गतेसम्म एक साता राष्ट्रव्यापी लकडाउन गरिएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको सोमबार साँझको बैठकले एकसाता लकडाउन गर्ने निर्णय गरेको हो । चैत ४ मा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षे युवतीमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले सोमबार नै पुष्टी गरेको थियो । यसलगत्तै साँझ बसेको बैठकले संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको समयमा सुरक्षाकर्मी, अस्पताल, विद्युत्, पानी, दूध, फोहोरमैला, क्वारेन्टाइन, भन्सार लगायतका सेवामात्र खुला हुनेछन् । अन्य सबै सेवाहरु समेत बन्द हुनेछन् । यसमा नसमेटिएका आन्तरिक हवाइ उडान लगायत सबै सेवा बन्द भएको छ ।
सरकारले सबै नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । यसअघि चैत ५ को उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिको बैठकमा एसईई परिक्षा स्थगित गर्ने, सार्वजनिक स्थलमा २५ भन्दा बढी भेला हुन नपाइने, सभा सेमिना गर्न नपाईने, मठमन्दिर, गुम्बा बन्द गर्ने, सिनेमा हल, डान्सबार, स्वीमिङ पुल लगायतका ठाउँ बन्द गर्ने लगायतका दर्जनौं निर्णयहरु गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ मा राष्ट्रको नाममा गरेको सम्बोधनमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्न, लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाउन आह्वान गरेका थिए ।
त्यस्तै आइतबारको मन्त्रिपरिषद् बैठकले भारत र चीनका सीमा नाका बन्द गर्ने निर्णय लिएको थियो ।
चैत ५ मै बसेको उपप्रधान तथा रक्षा मन्त्री संयोजकत्वको बैठकले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकहरु एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सीधा उडान भइ आउने र ती मुलुकलाई ट्रान्जिट बजाएर आउने अथवा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी जुनसुकै मुलुकलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई चैत ७ शुक्रबार मध्यरातदेखि चैत ३० आइतबारसम्म आवागमनमा प्रतिबन्ध लगाएको थियो । सरकारको ट्राभल एड्भाइजरीका कारण यात्रुले यात्रा रद्द गर्दा या पछि सार्दा निःशुल्क गर्न सकिने व्यवस्था गर्न नेपालमा सञ्चालित वायुसेवा कम्पनीहरुलाई आग्रह गरिएको थियो भने सबै शैक्षित प्रतिष्ठानहरु चैत मसान्तसम्मका लागि बन्द गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x