नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, १० माघ । बुधबार शेयरबजारमा सामान्य वृद्धि भएको छ । शेयरबजारको परिसुचक नेप्से परिसुचक बुधबार १.६९ अंकले बढेर १३९४.७३ विन्दुमा पुगेको छ । हिजो मंगलबार ९.०५ अंकले गिरावट आएको थियो । यो गिरावटसंगै नेप्से १४सय विन्दु मुनि झरेको हो ।
बुधबार शेयरबजारमा उतारचढाप देखिएको छ । सामान्य अंंकले बढेको शेयर बजारमा कारोबार रकममा भने कमी आएको छ । कुल १५६ कम्पनीहरुको ९ लाख ३८ हजार ३०८ कित्ता शेयरको कारोबारबाट २६ करोड १५ लाख २५ हजार ५५३ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा आज वित्त कम्पनी, उत्पादन र लघुवित्त समुह बाहेक अरु सम्पुर्ण समुहगत परिसुचकहरु बढेको छ ।