Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालु आवको ६ महिनामा राष्ट्रिय बाणिज्य बैंकको मुनाफा १ अर्व ७५ करोड

चालु आवको ६ महिनामा राष्ट्रिय बाणिज्य बैंकको मुनाफा १ अर्व ७५ करोड

काठमाण्डौ १० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक आज देखि स्थापनाको ५३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले केन्द्रिय कार्यालय सिंहदरबारमा आज एक विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।

५२ वर्षको यो अवधीमा बैंकले मुलुकको ६९ जिल्ला १ सय ८० वटा शाखा कार्यालय, १सय ३० वटा एटिएम, १७ स्थानमा एक्सटेन्सन काउण्टर, ९२ वटा शाखा रहित बैंकिङ्ग सेवा आफ्नो वित्तिय सेवा दिदै आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्व ७५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। त्यस्तै सो अवधीमा १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब १० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

यस बैंकले दुई अर्व ७४ करोड रुपैयाँ अनुदान सहितको कृषि कर्जा प्रदान गर्नुका साथै १७ करोड रुपैयाँ भूकम्प पिडित कर्जा पनि प्रदान गरेको छ । चालु आर्थिक वर्ष भित्रमा यस राष्ट्रिय बाणिज्य बैंकले नयाँ शाखा र पुर्नस्थापना गरि ४५ वटा शाखा थप गर्ने योजना छ ।

त्यस्तै बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई मर्जरका लागि यही माघ २० गते विशेष साधारण सभा आह्वान गरेको छ । मर्जर गरि चैत्र महिनाबाट एकीकृत कारोबार थालनी गर्ने बैंकको तयारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x