Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पोखरा महानगरका मुख्य चोकहरूमा कीटनाशक औषधि छर्न थालियो

पोखरा महानगरका मुख्य चोकहरूमा कीटनाशक औषधि छर्न थालियो

कास्की, १४ चैत । कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्न थालेको छ ।
बिहीबार महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधी छर्न शुरू गरेको महानगरपालिकाले शुक्रवार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिदचोक सम्मको सडकमा कीटनाशक औषधी छरेको छ ।
महानगरले लेकसाइड क्षेत्रमा कीटनाशक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । महानगरका हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा कीटनाशक औषधि छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब हरिलाल आचार्यले बताए ।
विशेषगरी पोखराका भीडभाड हुने स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधी छरिएको महानगरपालिकाले बताएको छ । प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरू, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारा लगायत सडकका असिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधी छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरवासीलाई अनुरोध समेत गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x