Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सांसद् आचार्यले बनाए घरलाइ क्वारेन्टिन

सांसद् आचार्यले बनाए घरलाइ क्वारेन्टिन

काठमाडौं, १३ चैत ।
प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले आफनो घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफनै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।
यसअघि बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भनिएपनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफनो घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।
सांसद आचार्यको घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ शैयाको क्वारेनटाइन निर्माण भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । ‘कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधासम्पन्न छ,’ उनले भने ‘क्वारेन्टाइन निर्माणका लागि चाहिने पूर्वाधारहरु पनि भएको हुदाँ माननिय ज्युले खुशीसाथ उपलब्ध गराउनु भएको छ ।’
सांसद आचार्यले बिश्व नै कोरोना भाइरससँग लडिरहेका बेला शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आफनै घरमा क्वारेनटाइन निर्माण गरि विपदको घडिमा गरेको सहयोग प्रशंसनिय रहेको लम्सालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x