Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फ्रान्सले नेपालमा अलपत्र आफ्ना नागरिक लैजाने

फ्रान्सले नेपालमा अलपत्र आफ्ना नागरिक लैजाने

काठमाडौं, १४ चैत । फ्रान्सले आफ्ना नागरिक फिर्ता लैजाने भएको छ । यसका लागि देशका विभिन्न भागबाट फ्रान्सेली पर्यटकहरुलाई काठमाडौं ल्याइएको छ । उनीहरुलाई चार्टर्ड जहाजबाट पोखरा, लुक्ला तथा अन्य ट्रेकिङ रुटबाट जम्मा गरी काठमाडौं ल्याइएको हो । सबैभन्दा बढी फ्रान्सेली पर्यटक पोखराबाट काठमाडौं ल्याइएको हो । उनीहरुलाई बुद्ध एयरको चार्टर्ड जहाजबाट काठमाडौं ल्याइएको हो । नेपालस्थित फ्रेन्च दूतावासको पहलमा उनीहरुलाई देशका विभिन्न भागबाट जम्मा गरी काठमाडौं ल्याइएको हो ।
उनीहरुलाई लिन फ्रान्स सरकारले विमान पठाउँदैछ । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि उद्दार र फ्रेटर उडान तथा एयर एम्बुलेन्सलाई भने जतिसुकै बेला पनि अवतरण को अनुमति दिनुपर्छ । सोही अनुसार फ्रेन्च दूतावासले आफ्ना नागरिक लैजान विमान ल्याउने सम्बन्धमा नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरिसकेको छ ।
फ्रान्सले जस्तै अन्य देशहरुले पनि नागरिक लैजान पहल गरिरहेका छन् । त्यस्तै, जर्मनीले पनि आफ्ना नागरिक नेपालबाट उद्दार गरी लैजाने भएको छ । नेपालमा अलपत्र परेका पर्यटकहरुको सूचना लिएर नेपाल पर्यटन बोर्डले तथ्यांक तयार गरिरहेको छ । नेपालमा १३ हजार ६ सयभन्दा बढी पर्यटक अलपत्र परेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x