फ्रान्स र जर्मनीका ३०० यात्रु लिएर उड्यो कतार एयरवेज

काठमाडौं, १३ चैत । अलपत्र परेका ३०० युरोपेली यात्रु लिएर कतार एयरवेजको जहाज दोहाका लागि उडेको छ । उनीहरु मध्ये अधिकांश फ्रान्स र जर्मनीका छन् । कतार एयरवेजको चार्टर्ड जहाज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साढे ११ बजे दोहाका लागि उडेको थियो ।
अलपत्र परेका विदेशी पर्यटकहरुलाई हिजो पोखरा लगायत देशका विभिन्न भागबाट उद्दार गरी काठमाडौं ल्याइएको थियो । उनीहरु नेपालमै रहेका बेला नेपालले कोरोना भाइरस फैलन नदिन अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै देशव्यापी लकडाउन गरेको थियो । कतार एयरवेजले ३०५ सीटे जहाज ल्याएर यात्रुहरु लिएर गएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *