Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माछापुच्छ्रे बैंकद्वारा कम्बल बितरण

माछापुच्छ्रे बैंकद्वारा कम्बल बितरण

काठमाडौं, ११ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई कम्बल वितरण गरेको छ ।

बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरे ।

बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको बताइएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x