Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना उपचार कोषमा कसको कति सहयोग ?

कोरोना उपचार कोषमा कसको कति सहयोग ?

काठमाडौं, १९ चैत । सरकारले कोरोना उपचारका लागि स्थापना गरेको ५० करोड रुपैयाँ आधार पुँजी रहेको कोषमा सहयोग थपिने क्रम जारी छ । पूर्व राजा ज्ञानेन्द्र शाहले यस कोषमा २ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन् । स्थापना भएलगत्तै कोषमा स्वतःस्फूर्त सहयोग जम्मा भइरहेको छ । पहिलो सहयोग मन्त्रीहरुले आफ्नो एक महिनाको तलब योगदान गरे भने त्यसलगत्तै नर्भिक इन्टरनेशलन अस्पतालका सञ्चालक वसन्त चौधरीले घोषणा गरेका थिए । उनले ५० लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँको उपकरण सहयोग घोषणा गरेका हुन् । त्यससता थ्रुप्रै व्यवसायिक घराना, पेशा, व्यवसाय गर्नेहरुले यसमा सहयोग घोषणा गरिरहेका छन् । सरकारले कोरोना विरुद्धको कोषमा योगदान गरेको रकम खर्च कटाएर कर दाखिला गर्न सक्ने व्यवस्था गरेको छ ।
कसले कति सहयोग गरे ?
सबै मन्त्रीहरुको तर्फबाट १ महिनाको तलब
एनसेल – १० करोड
सतलज अरुण तेश्रो जलविद्युत् कम्पनी– १ करोड ५ लाख
उद्यमी वसन्त चौधरी – १ करोड
सांसद् गगन थापा– १ महिनाको तलब
लक्ष्मी ग्रुप– १ करोड
विशाल ग्रुप– १ करोड
कृषि विकास बैक– १ करोड २५ लाख
हिमालयन बैंक– १ करोड २५ लाख
गैर आवासीय नेपाली संघ– १ करोड
नेपाल उद्योग वाणिज्य महासंघ– ५० लाख
नेपाल उद्योग वाणिज्य महासंघ– १ करोड ५० लाखको खाद्यान्न लगायत जिन्सी सहयोग
पूर्वराजा ज्ञानेन्द्र शाह– २ करोड
पूर्व सचिव रामेश्वर प्रसाद खनाल – ४१ ह्जार ७३१
बैंकर शोभनदेव पन्त– ५ लाख ५१ हजार ४ सय १३.९४
सिद्धार्थ बैंक– ७० लाख
नेपाल धितोपत्र बोर्ड – ५० लाख
क्रिकटर सन्दिप लामिछाने– १ लाख

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x