Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

लक्ष्मी बैंक १९औं वर्षमा प्रवेश

लक्ष्मी बैंक १९औं वर्षमा प्रवेश

काठमाडौं, १९ चैत । लक्ष्मी बैंक लिमिटेड बुधवार १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, नियामक निकायका साथै बैंकसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सबैलाई कृतज्ञता व्यक्त गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीको यो घडीमा स्वास्थ्य उपचारमा खटिएका चिकित्सक, सुरक्षाकर्मी तथा अन्य अत्यावश्यक सेवा प्रदायक व्यक्ति, संघसंस्था तथा निकायहरुप्रति बैंकले आभार प्रकट गरेको छ ।
राष्ट्र बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरू सूचना प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमहरूमार्फत प्रवाह गर्दै आएको बैंकले बताएको छ । साथै आगामी दिनमा पनि ग्राहक वर्गलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न डिजिटल बैंकिङलाई व्यापक र सुदृढ बनाउने प्रतिबद्धता बैंकले गरेको छ ।
यस्तै नवीनतम डिजिटल प्रोडक्ट÷सेवाहरू थप गर्नुका साथै ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रूपले डिजिटल सेवा प्रयोगका लागि साक्षरता अभियान सञ्चालन गरिने बैंकले जानकारी दिएको छ । अहिलेको असहज परिस्थितिका बीच आधारभूत तथा अत्यावश्यक बैंकिङ सेवा सुचारु रहेको भन्दै बैंकले यसलाई निरन्तरता दिने जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x