Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

‘कोरोना प्रकोपविरुद्धको लडाइँमा परिसंघ सरकारसँगै’

‘कोरोना प्रकोपविरुद्धको लडाइँमा परिसंघ सरकारसँगै’

काठमाडौं, १९ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाइँमा नेपाल उद्योग परिसंघ सरकारको साथमै रहेको बताइएको छ । यस्तो विषम परिस्थितिमा सरकारले गरिरहेको प्रयासमा आफ्नो सधैं साथ रहेको परिसंघले बुधवार एक विज्ञप्तिमार्फत बताएको हो ।
कोरोनाको प्रकोप नियन्त्रणका लागि नेपाल सरकार तथा यो रोगसँग जुध्न अग्रपंक्तिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको प्रशंसा गर्दै परिसंघले यो अभियानमा सहभागी सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
अहिलेको नाजुक अवस्थामा मानवीय संकट आउन नदिन प्रतिबद्ध रहेको भन्दै परिसंघले दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्नेहरूलाई खाद्य सामग्री अभाव हुन नदिन केन्द्र, प्रदेश सरकार एवं स्थानीय निकायसँग समन्वय गरिरहेको बताएको छ । अत्यावश्यक खाद्य सामग्रीको वितरण एवं आपूर्ति सहज बनाउन परिसंघले सक्दो सहयोग गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ । यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न परिसंघ प्रतिबद्ध रहेको बताइएको छ ।
विश्वमै कोरोना भाइरसका कारण आर्थिक तथा मानवीय क्षति भइरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेशिक तथा स्थानीय सरकारसँग थप समन्वय तथा प्रभावकारिताको अपेक्षा गर्दै परिसंघले सरकारले जारी गरेका सम्पूर्ण निर्देशन पालना गर्न सबैलाई अनुरोध गरेको छ । ‘यस्तो विषम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरूलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानको उत्पादनलाई निरन्तरता दिँदै सोको आपूर्ति व्यवस्था दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x