Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

कोरोना उपचार कोषमा राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड सहयोग

कोरोना उपचार कोषमा राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड सहयोग

काठमाडौं, १९ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले कोषको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरेको हो ।
लकडाउनको यस विषम परिस्थितिमा पनि आफ्ना ग्राहकलाई देशव्यापी एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ, एलसी लगायत बैंकिङ सेवा प्रदान गर्दै आएकोे बैंकले बताएको छ ।
यस्तै २०७७ असार मसान्तसम्मको लागि जुनसुकै बैंकको एटीएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x