Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

लकडाउनको अवधिमा विशेष सेवा दिँदै कञ्चन डेभलपमेन्ट बैंक

लकडाउनको अवधिमा विशेष सेवा दिँदै कञ्चन डेभलपमेन्ट बैंक

विवेक नागरी । धनगढी, २० चैत । कञ्चनपुरस्थित केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले लकडाउनको अवधिमा विशेष सेवा दिने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका कारण आम नागरिक विभिन्न समस्यामा परेका छन् ।
सोही अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक बैंकिङ सेवा दिन बैंक दैनिक २ घण्टा खुला रहने बैंकका सीईओ बिरुराम जैशीले बताए । उनका अनुसार बैंकले चैत २१ गतेदेखि २५ गतेसम्म दैनिक ११ देखि १ बजेसम्म विभिन्न शाखा कार्यालयमार्फत सेवा दिनेछ ।
कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट आफ्ना ग्राहक वञ्चित हुनु नपरोस् भनेर बैंकले शाखा कार्यालयबाट सेवा दिने सुचना जारी गरेको छ । ग्राहकवर्गको सहजताका लागि लकडाउनमा सेवा दिने निर्णय गरिएको उनको भनाइ छ ।
साथै बैंकले आफ्नो सेवाहरु अनलाईन माध्यमबाट कारोबार गर्न समेत सेवाग्राहीलाई आग्रह गरेको छ ।
बैंकले मुबाईल बैकीङ, ईन्टरनेट बैकीङ्बाट सेवाग्राहीलाई डिजिटल माध्यमबाट सेवा दिईरहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x