Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लकडाउनले रोकिएका आन्तरिक एवं बाह्य पर्यटकलाई ओयोको निःशुल्क आवास

लकडाउनले रोकिएका आन्तरिक एवं बाह्य पर्यटकलाई ओयोको निःशुल्क आवास

काठमाडौं, चैत २० । नेपालमा लकडाउनका कारण अपलपत्र परेका स्वदेशी एवं विदेशी पर्यटकलाई ओयो होटेल एण्ड होम्सले निःशुल्क आवासको सुविधा दिने भएको छ । ओयोले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका बाह्यपर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको हो ।
अहिले समग्र विश्व र देशलाई परेको संकटको अवस्थामा सरकारलाई साथ दिन तयार रहेको भन्दै ओयोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित भएकाहरूलाई आवासको व्यवस्था गरेर सघाउन लागेको बताएको छ ।
लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यले ओयोले यो पहल विशेष रूपमा र केवल नेपालमा मात्र शुरू गरेको बताइएको छ । सरकारले सिफारिश गरेको सम्पूर्ण चेकजाँच र उपायप्रति कम्पनी पूर्ण सहयोगी रहेको ओयोको भनाइ छ ।
होटेल मालिक तथा कर्मचारीका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्ने र पर्यटकलाई चेकइन गर्नु अगावै कोरोना भाइरसका लक्षण जाँचेर कोरोना नलागेको पुष्टि गरिने ओयोले बताएको छ । कम्पनीले होटेल मालिक, कर्मचारी र अतिथिको स्वास्थ्य तथा सुरक्षा प्रमुख प्राथमिकतामा राखेर निरन्तर अनुगमन गरिरहेको समेत कम्पनीले जानकारी दिएको छ । ओयोले आवासको आवश्यकतामा रहेकाहरूलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x