Shangrila

सुदूरपश्चिम प्रदेशको कोरोना नियन्त्रण कोषमा विभिन्न बैंकको सहयोग

विवेक नागरी । धनगढी, २१ चैत । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषमा विभिन्न बैंकहरूले आर्थिक सहयोग गरेका छन् । कोषमा धनगढीका बैंकहरूले ४७ लाख रूपैयाँ रकम सहयोग गरेका हुन् ।
उक्त कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ५ र ५ लाख रकम सहयोग गरेका छन् । त्यस्तै धनगढीस्थित कुमारी बैंकको प्रदेश कार्यालयले १० लाख, गरिमा बैंक धनगढी शाखा र माछापुच्छे« बैंकले ५र५ लाख सहयोग गरेको छ ।
संकलित रकमबाट प्रदेशमा आवश्यक पर्ने सामग्री खरीद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । प्रदेश सरकारले ४० करोड राखेर कोष स्थापना गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *