Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, १२ माघ । आज ६६ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । विश्व भन्सार संगठनको आह्वानमा हरेक बर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । संगठनले यो बर्षको अन्तर्राष्ट्रिय नारा आर्थिक विकासका लागि सुरक्षित व्यवसायिक वातावरण तय गरेको छ ।

अवैध रुपमा सामान आयात गर्दा यसले मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरेको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माणतर्फ उन्मुख बनाउनुपर्ने उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x