कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोना संक्रमण

धनगढी, २२ चैत । कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।
जनसंख्या स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीका दुई जना र कन्चनपुरमा एक जनाको थ्रोट स्वावको रिपोर्ट पोजिटिभ पाइएको हो ।
हालसम्म बाहिरबाट आएका व्यक्तिमा मात्र कोरोनाको संक्रमण पाइएकोमा पहिलोपटक बाहिरबाट आएका व्यक्तिका कारण स्थानीय व्यक्तिमा कोरोनाको संक्रमण सरेको पाइएको हो ।
भारतको मुम्बईबाट आएका एक कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय युवकमा पनि कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ । केही समयअघि मुम्बईबाट आएका उनी क्वारेन्टाइनमा रहेका थिए ।
त्यस्तै भारतको उत्तराखण्डबाट केही समय अघि फर्केका कञ्चनपुरको बेदकोटका ४१ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण रहेको पाईएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । कैलालीमा आज भेटिएका दुई जना संक्रमितसंगै संक्रमित हुनेका संख्या तीन पुगेको छ । यस्तै कञ्चनपुरमा समेत भेटिएका एक जना संक्रमित सहित सुदूरपश्चिममा संक्रमित हुनेको संख्या चार पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *