एक प्रदेश, जिल्ला र स्थानीय तहबाट अर्काेमा जान थप कडाई

काठमाडौं, २२ चैत । सरकारले लकडाइनलाई अझै कडा बनाउने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा आवतजावतलाई झन कडाई गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री दिएर काममा खटाउने र कोरोना भाइरस टेस्ट धेरै भन्दा धेरैलाई गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । त्यसैगरी आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण दिखिएकोले एक व्यक्तिबाट अर्काे ब्यक्तिमा सर्न नदिन लकडाउनलाई प्रभावकारी बनाउँन थप सहयोग गर्न पनि सरकारले नागरिकलाई आग्रह गरेको छ ।

लकडाउँनको समयावधि आगामी २५ गते राति १२ बजे सम्मलाई तोकिएको छ । तर, लकडाउँनको समयावधि थप गर्ने विषयमा मन्त्रीपरिषद्को बैठक बसेर निर्णय गर्ने प्रवक्ता खतिवडाले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *